Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ४ जना थपिदा प्रदेश १ मा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

    ४ जना थपिदा प्रदेश १ मा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आज(शुक्रबार) विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९३ पुगेको हो ।

    मृतक चारजनामध्ये २ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र बाँकी २ जनाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।



    नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो । अस्पतालका अनुसार उनलाई बुधबार बिहान अस्पताल ल्याइएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या रहेको बताइएको छ ।



    त्यसैगरी १७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो ।

    त्यस्तै विपी कोइरालामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय पुरुषको बिहीबार राति १२ः३० बजेतिर मृत्यु भएको हो भने प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मृतक ६८ वर्षीय पुरुषमा कुनै दिर्घ रोग नभए पनि ५२ वर्षिया पुरुषमा भने मिर्गौला रोगको गम्भीर समस्या रहेको अस्पतालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार