Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जम्मू कश्मीरलाई राज्यको दर्जा दिन पूर्व मुख्य मन्त्रीको माग

    जम्मू कश्मीरलाई राज्यको दर्जा दिन पूर्व मुख्य मन्त्रीको माग

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। जम्मू कश्मीरका पूर्व मुख्य मन्त्री तथा नेश्नल कन्फरेन्स नेता फारूक अब्दुलले  जम्मू कश्मीरमा धारा ३७० लागू हुने आशा व्यक्त गरेका छन्।

    अब्दुल्लले  धारा ३७० र धारा ३५ ए लाई पुनः कार्यान्वयन गर्न र जम्मू कश्मीरलाई राज्यको दर्जा दिन आफु प्रतिवद्ध रहेको पनि वताए। भारतीय मिडियाले भने चीनको सहयोगमा उनले उक्त कुरा उठाएको आरोप लगाएका छन् ।



    संसद्मा फारुख अब्दुल्लाले जम्मू कश्मीरको स्थिति ५ अगस्त २०१९ भन्दा पहिलेको जस्तै पुनःस्थापनाको माग गरेका थिए।



    फारूक अब्दुल्लाले भने, ‘हामीले कश्मीरको अवस्थाबारे बोल्न संसद भवनमा समय माग्यौं। तर, हामीलाई समय दिइएको छैन। देशका मानिसहरूलाई थाहा दिनुहोस् कि मानिसहरू वास्तवमा कसरी बाँचिरहेका छन् र त्यहाँ के अवस्था छ?’।

    संसदको सत्रमा फारुख अब्दुल्लाले भने, ‘कश्मीरमा परिस्थितिमा सुधार आएको छैन। इन्टरनेटले देशको बाँकी भागमा ४ जी प्रयोग गर्दैछ, ५ जी आउँदैछ। तर, त्यहाँ अझै व्यक्तिहरू २ जीसँग काम गरिरहेका छन्।

    यस तरिकामा युवा कसरी अगाडि बढ्छन्। देशलाई त्यहाँको अवस्थाको बारेमा भन्न चाहनुहुन्छ? हामी किन अन्य मानिसहरूलाई सुविधा प्रदान गरिरहेका छैनौं। हामी कसरी अगाडि बढ्छौं? युग परिवर्तन भएको छ।’

    अब्दुल्लाले लोकसभामा भारतले जसरी चीनसँग वार्ताको प्रयास गरिरहेको छ,त्यसरी नै पाकिस्तानसँग वार्ता गर्नुपर्ने भनाइ राखे । उनले भने,’जसरी चीनसँग वार्ता गर्ने प्रयास भइरहेको छ त्यसरी नै मुद्दाहरूको बारेमा पाकिस्तानसँग छलफल गर्नुपर्दछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार