Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गैरव्यावसायिक आचरण र अपारदर्शी गतिविधि सह्य हुदैन : आईजीपी क्षेत्री

    गैरव्यावसायिक आचरण र अपारदर्शी गतिविधि सह्य हुदैन : आईजीपी क्षेत्री

    जनमुखी र पारदर्शी सेवाप्रति संवेदनशील रहन निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीले गैरव्यावसायिक आचरण, व्यवहार र अपारदर्शी गतिविधि सह्य नहुने बताएका छन् ।

    ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक थापाले गैरव्यावसायिक आचरण, व्यवहार र अपारदर्शी गतिविधि सह्य नहुने बताएका हुन् ।



    आईजीपी क्षेत्रीले  भनेका छन् ‘यी पक्षहरूको अभावमा मात्रै प्रहरीका सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछ।’  त्यसतर्फ सम्पूर्ण प्रहरीलाई संवेदनशील रहन समेत उनले निर्देशन दिएका छन् ।



    नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको बताउँदै आईजीपी क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामाथ्र्य रहेको पनि उल्लेख गरे।

    विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक, निष्ठावान सदस्यहरूको समर्पणभावले नेपाल प्रहरीको गरिमा चुलिएको उनको दाबी छ।

    आईजीपी क्षेत्रीले सम्पूर्ण प्रहरीहरूमा प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै कोरोना संक्रमित प्रहरी र कर्तव्य पालनाको क्रममा शारीरिक तथा मानसिक रूपमा क्षति बेहोर्नुपरेका प्रहरीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार