Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न मिल्दैन : आईजीपी क्षेत्री

    एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न मिल्दैन : आईजीपी क्षेत्री

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरीको उत्प्रेरणाको स्तरमा सुधारका लागि सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने बताएका छन् ।

    आज ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले भने–‘प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता देखिएको छ ।’



    ‘अनुसन्धानले उनीहरुको बिदालाई व्यवस्थापन गर्न सके मनोबल बढ्छ भन्ने देखाएको छ । सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने औंल्याएको छ । कल्याणकारी आयोजनामा सहज र थप पहुँचको उजागर गरेको छ । अनुसन्धानले आगामी मार्गदिशा तय गर्न हामीलाई सघाएको छ । यसमा प्रहरी प्रधान कार्यालय लागी परेको छ । गृहमन्त्रालयको विशेष सहयोग पनि छ’– आईजीपी क्षेत्रीले भने ।



    एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न नहुने भन्दै आईजीपी क्षेत्रीले भने–‘जनताले प्रहरीको मनोबल उच्च बनाउन सके प्रहरीमा पनि काम गर्ने जोश, जाँगर उच्च हुन्छ ।’

    कार्यक्रममा आईजीपी क्षेत्रीले भने–‘प्रहरीले जागिर छोड्नु परेको कारण पनि उक्त तथ्यले औंल्याएको छ । प्रहरीहरु तोकिएको जिम्मेवार इलाकामा सुरक्षाका लागि जिम्मेवार हुन्छन् । सुत्केरीको जटिलता व्यहोरीरहेकी जननीको उद्धारमा स्टेचर बोक्दै हुन्छन् । या त पहिरोले पुरिएका नागरिकको उद्धारका लागि अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । आफू नचिनिने गरी आफू खटिएका हुन्छन् । अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । एउटा प्रहरी कर्मचारीले गरेको बल प्रयोग प्राशंगिक पनि छैन् । के प्रहरी फगत दोषबाट मात्रै मूल्यांकन हुनुपर्ने पेशा हो त ? गरेका राम्रा काममा सामाजिक सम्मान प्राप्त भयो भने प्रहरीले आफ्नो सेवालाई दिर्घ सेवामा रुपान्तरण गर्ने थिए भन्ने हाम्रो बुझाइ हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार