Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो

    काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका (काठमाडाैं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण उपत्यका जोखिममा परेको छ ।

    देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र २२ हजार २२९ जना छन् । यो संख्या देशभर कुल सक्रिय संक्रमित संख्याको झन्डै ६० प्रतिशत हो ।



    हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना रहेका छन् । हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।



    काठमाडौंमा हाल ४१ हजार ८१३ जनामा संक्रमण देखिसकेको छ भने ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना रहेका छन् । साउन महिनायता उपत्यकामा ५१ हजार ५५९ जना संक्रमित थपिएका छन् । भदौ अन्तिमसम्म ११ हजार पुगेको संक्रमितको संख्या असोज अन्तिमा भने यो संख्या ५१ हजार नाघेको छ ।

    उपत्यकामा एक महिनाभित्रमात्र ४० हजारमा संक्रमण देखिएको छ । उपत्यकामा दिनहुँ दुई हजारमाथि संक्रमित भेटिने गरेका छन् । जसमा सबैभन्दा धेरै काठमाडौंका रहेका छन् ।

    उपत्यकामा भेटिएका संक्रमितको संख्या देशभरका कुल संक्रमित संख्याको ४१ प्रतिशत हो । कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएका छन् ।

    संक्रमणको रफ्तार हेर्दा आगामी दिन यो अझै आक्रामक ढंगले बढ्ने निश्चित छ । अब पनि सुरक्षा सावधानी नबढाउने हो भने भोलिका दिन झनै कष्टकर बन्नसक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार