Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ६९८ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १ हजार ६९८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.2K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । काठमाडाैं उपत्यकामा आज १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार बितेको २४ घण्टामा काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी १ हजार ६९८ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे हाे ।



    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार बितेको २४ घण्टामा देशभर भने २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।



    यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

    यस्तै थप१२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार