Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • केएमसी हस्पिटलको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

    केएमसी हस्पिटलको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)को तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु भएको छ । ती युवाले आज बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

    सोलुखुम्बु घर भएका रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्। उनी नयाँ बानेश्वरमा डेरा गरी बस्ने युवा भएको प्रहरीले जनाएको छ ।



    आइतबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो । आमा औषधि लिन गएको बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्। महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार उनको आजै बिहान मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार