Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • केएमसीको होस्टेलभित्र विद्यार्थीको रहस्यमय मृत्यु , आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि संचालक अर्यालको ज्यादती

    केएमसीको होस्टेलभित्र विद्यार्थीको रहस्यमय मृत्यु , आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि संचालक अर्यालको ज्यादती

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) का एक विद्यार्थीको होस्टेलभित्रै रहस्यमय मृत्यु भएको छ।

    केएमसीले विद्यार्थीको मृत्युको घटनालाई गुपचुप बनाउन खोजेपछि विद्यार्थीहरुले प्रदर्शन समेत गरेका छन्।



    रौतहटको गढीमाई नगरपालिका घर भई हाल कलेजको होस्टलमा बस्दै आएका कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सुशील सहनीको होस्टेलभित्र मृत्यु भएको थियो।



    सोमबार दिउँसो केएमसीकै होस्टेलमा रहेको बाथरुममा नुहाउने क्रममा सहनीले होस गुमाएका थिए । त्यसपछि उपचारको क्रममा अस्पताल लगिएका युवक उनको मृत्यु भएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ।

    विद्यार्थीहरूले कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । तर, प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई कलेजका संचालक रामेश्वर अर्यालले प्रहरी लगाई ज्यादती गरिरहेको एक विद्यार्थीले बताए ।

    अर्यालले प्रदर्शनमा उत्रिएका केही विद्यार्थीहरुलाई प्रहरीमा दबाब दिन लगाई भृकुटीमण्डपस्थित प्रहरी कार्यालयमा थुनाएको ती विद्यार्थीले बताए।

    मृतकका आफन्त, कलेज प्रशासन र प्रहरीबीच घटनाको बारेमा छलफल भइरहे पनि कलेजले भने गल्ती लुकाउन खोजिरहेको विद्यार्थीहरुको आरोप छ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार