Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • केएमसीका संचालक रामेश्वर अर्यालको धन्दा:

    विद्यार्थीको रहस्यमय मृत्यु प्रकरण: केएमसीका संचालकद्वारा विद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन

    विद्यार्थीको रहस्यमय मृत्यु प्रकरण: केएमसीका संचालकद्वारा विद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) का संचालक रामेश्वर अर्यालले विद्यार्थीको होस्टेलभित्रै रहस्यमय मृत्यु भएको घटनालाई गुपचुप बनाउन खोजेका छन् ।

    कलेजका संचालक अर्यालले केएमसीमै अध्यनरत रौतहटका १८ वर्षीय सुशील सहनीको होस्टेलभित्र रहस्यमय मृत्यु भएपछि प्रदर्शनमा उत्रेका विद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन गर्दै घटना लुकाउन खोजेका हुन् ।



    अर्यालले प्रदर्शनमा उत्रिएका केही विद्यार्थीहरुलाई प्रहरीमा दबाब दिन लगाई भृकुटीमण्डपस्थित प्रहरी कार्यालयमा थुनाएको विद्यार्थीहरुले बताएका छन् ।



    सहनीको मृत्युपछि आफ्नै विद्यार्थीको मृत्यु हुँदा के कारणले हो ? त्यसको खोजिनीति गर्नुपर्नेमा उल्टै बिद्यार्थीहरुमाथि प्रहरी लगाएर संचालकले नै दमन गरेपपछि केएमसीका बिद्यार्थीहरु अब कसरी सुरक्षित होलान ? अभिभावकहरुले नै प्रश्न उठाउन थालेका छन् ।

    एक अभिभावकका अनुसार केएमसीले यसअघि कोभिड महामारीको समयमा पनि अनलाइन क्लास लिने क्रममा बिद्यार्थीहरुबाट अतिरिक्त रकम असुलेको थियो।कोभिडकै समयमा घरमा बसेर अनलाइन क्लास लिएका बिद्यार्थीहरुबाट समेत केएमसीले होस्टेलको शुल्कको ५० प्रतिशत रकम असुलेको  अभिभावकहरुको गुनासो छ।

    केएमसीका संचालक अर्यालले बिद्यार्थीहरुबाटै असुलेको अबैध पैसाबाट बागबजारमा दुई वटा भवन निर्मण गरिरहेका छन् । तर उनले आफ्नै बिद्यार्थीको रहस्यमय मृत्यु हुँदा समेत उल्टै बिद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन गरिहँदा उनीमाथि विद्यार्थी र अभिभावकहरुले प्रश्न उठाएका छन्।

    यसअघि त्रिभुवन विश्वबिद्यालयको प्रोफेसर हुँदा अर्यालले खेताला शिक्षकहरु लगाएर पढाउन लगाएर आफू भने बागबजारमा कलेज संचालन गरेर बस्ने गरेका थिए। यसबारे संचालक अर्यालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार