Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सुनिल शर्माले केएमसीको बहुमत सेयर खरिद गरेसँगै पुरानो व्यबस्थापन समुहद्वारा राजिनामा

    सुनिल शर्माले केएमसीको बहुमत सेयर खरिद गरेसँगै पुरानो व्यबस्थापन समुहद्वारा राजिनामा

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी)को बहुमत सेयर खरिद गरेसँगै पुरानो व्यबस्थापन समुहले धमाधम राजिनामा दिएको छ।

    केएमसीकी प्रिन्सिपल बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ  डा.चन्दा कार्कीसहित ११ जना चिकित्सकले मंसिर १ गतेबाट लागु हुने गरी पदबाट राजीनामा दिएका छन् ।उनी केएमसीको सञ्चालक सदस्य समेत हुन ।



    उनी काठमाडौं मेडिकल कलेजको ४ वर्ष प्रमुख कार्यकारी अधिकृत र प्रिन्सिपलका रुपमा कार्यरत थिइन् ।



    कार्कीसँगै कर्मचारीका तर्फबाट सञ्चालक रहेका मेघराज खड्काले पनि राजीनामा दिएका छन् । नयाँ व्यबस्थापन आएसँगै पुराना चिकित्सक र कर्मचारीमा असन्तुष्टि चुलिएपछि  उनीहरुले राजीनामा दिएका हुन् ।

    केएमसीको अंकित सेयर मूल्य १०० रुपैयाँ रहेकोमा थप ५०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ६०० रुपैयाँकाले दरले शर्माले सेयर किनेका थिए ।

    उनले तारा हेल्थ केयर सेन्टर, डीबी कार्की, चन्दा कार्की, आरआर पाण्डे, शशिराज पाण्डे लगायतको सेयर खरिद गरेका थिए ।

    उनी ५१ प्रतिशत सेयर पुर्याउन उनलाई केही बैंकिङ क्षेत्रका मानिसहरुले सहयोग गरेका थिए ।

    जसको कारणले सेयर खरिदको लागि पनि डा शर्माले बैंक अफ काठमाण्डूको नेतृत्वमा सहवित्तीयकरणमा ऋण उठाएका छन्। त्यस्तै  नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नेपाल बैंक लगायतका बैंकहरुसँग ऋण उठाएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार