Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकार जिम्मेवारीबाट पन्छिदै गएकाे छ: तरूण दल

    सरकार जिम्मेवारीबाट पन्छिदै गएकाे छ: तरूण दल

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल तरुण दलले सरकार जिम्मेवारीबाट पन्छिदै जाँदा काेराना भाइरसकाे महामारीले विकराल रूप लिँदै गइरहेकाे बताएकाे छ।

    तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले प्रेस विज्ञप्ति गर्दै कोरोना भाइरसको महामारीबीच जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकार संविधान र सर्वोच्च अदालतको आदेश विपरीत जानु दुःखद भएको बताएका छन् ।



    दरूण दलले रोग, भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भइरहन्छ र ? भनी प्रश्न समेत गरेको छ । बस्नेतले गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि सरकारसँग आग्रह समेत गरेका छन्।



    विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा कोरोना भाईरसको संक्रमण शुरु भएदेखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्बबिदितै छ । तर सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । यस्तो महामारीको बेलामा ति निर्बाह गर्नुपर्ने समासरकारले जनता प्रन्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ । यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ । सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ । आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निस्शुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ । अन्त्यमा फेरी पनि प्रश्न गर्न चाहान्छौ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र रु’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार