Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तरुण अध्यक्ष बस्नेत भन्छन्–विद्या र ओलीले जनतासामु घुँडा टेक्नेछन्

    तरुण अध्यक्ष बस्नेत भन्छन्–विद्या र ओलीले जनतासामु घुँडा टेक्नेछन्

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरहरण गर्नेगरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै नभएको बताएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ललिक्षत गर्दै अध्यक्ष बस्नेतले यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा नभएको पनि बताए ।



    आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले लोकतान्त्रिक विधि र पद्धतीलाई खलल बनाउँदै नेपालको संबिधानले निदृष्ट प्रकृया विपरीत संसद विघटनलाई लोकतान्त्रिक संविधान विरुद्धको एक अक्षम्य अपराध भएको बताए ।



    आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले भनेका छन्–‘देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरहरण गर्नेगरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै छैन् ।’

    कोरोनाको कहरले आहत बनेको देश र जनताहरुको स्वास्थ्य उपचारमा राष्ट्रिय एकता कायम राख्दै हामी सबैको ध्यान यसको निराकरणमा दिनुको साट्टो पटक पटकको संविधान माथिको आक्रमण किमार्थ स्वीकार्य नहुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार