Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • तरूण कार्यकर्ताका हत्यारालाई कारवाही नगरे आन्दोलन गर्ने अध्यक्ष बस्नेतको चेतावनी

    तरूण कार्यकर्ताका हत्यारालाई कारवाही नगरे आन्दोलन गर्ने अध्यक्ष बस्नेतको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 3.1K
    SHARES

    बझाङ । बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले खुँडा प्रहार गरि नेपाल तरुण दलका सदस्य अमृत सिंहको ज्यान लिएका छन्।

    सोको विरोध गर्दै तरूण दलका अध्यक्ष जीतजंग बस्नेतले कारवाहीका लागि एक प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्।



    तरूण कार्यकर्ताका हत्यारालाई कारवाही नगरे कडा आन्दोलन गर्ने अध्यक्ष बस्नेतले चेतावनी दिएका हुन्।



    विद्यालय व्यवस्थापनको निर्वाचनमा पराजित भएको झोँकमा नेकपाका कार्यकर्ताहरूले तरुण दलका सदस्य सिंहको ज्यान लिएको अध्यक्ष बस्नेतले बताए।

    उनका अनुसार छबिसपाथिभेरा गाउँपालिका–३ का सिंहलाई खुँडा प्रहार गरि ज्यान लिइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार