Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट गण्डकीमा थप चारको मृत्यु

    कोरोना संक्रमणबाट गण्डकीमा थप चारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 1.7K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा थप चार जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिकाका दुई जनासहित गण्डकी प्रदेशमा चार जनाको काेराेना संक्रमणबाट ज्यान गएकाे हाे।

    पोखरा महानगरपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष, वडा नं. १५ की ७८ वर्षीय महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    निर्देशनालयका अनुसार पोखरा ५ का पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ९ः१० बजे र पोखरा १५ की महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा राति ११ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



    यसैगरी नवलपरासी पूर्वका दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट ५ का ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेज र कावासोती २ का ७७ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मृत्यु भएको डा. शर्माले जानकारी दिए ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ । पोखरामा शनिबार राति मात्रै चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर पनि उच्च रुपमा वृद्धि भएको छ । गण्डकीमा हालसम्मको कोरोना संक्रमितको संख्या ६७ सय ११ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार