Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 1.6K
    SHARES

    चितवन । चितवनकाे भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाकाे मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा २१ का ५६ वर्षीय पुरुष रहेका छन् ।



    कात्तिक ५ गते श्‍वासप्रश्‍वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको सीआईसीयू कक्षमा भर्ना गरिएको थियो ।



    उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

    उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए । ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखेर उपचार गरिएको हो । उनको गएराति ९:३५ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार