Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा नेता चौधरीको कोरोनाबाट मृत्यु

    नेकपा नेता चौधरीको कोरोनाबाट मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडाैँ । पूर्व सांसद मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।



    सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।



    ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

    चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार