Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरामा कोरोनाबाट थप दुईको मृत्यु, गण्डकीमा मृतककाे संख्या ७२ पुग्याे

    पोखरामा कोरोनाबाट थप दुईको मृत्यु, गण्डकीमा मृतककाे संख्या ७२ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.2K
    SHARES

    पोखरा । पोखरामा बिहीबार थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुष र पोखरा–१३ कि कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएकाे छ। पुरूषको बिहीबार बिहान मृत्यु भएको हो ।

    बुधबार कोरोना संक्रमण पुष्टि भएर चरक मेमोरियल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कोरोनासँगै निमोनिया, हाइपरटेन्सन र श्वास विफलताको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।



    यसअघि बुधबार राति पोखरा–१३ कि कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चलल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।



    कात्तिक ५ गते संक्रमण पुष्टि भएकी उनी उपचारको लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनलाई कोभिड–१९ सँगै निमोनिया समेत रहेको अस्पताल प्रशासनले जनाएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार