Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एकैदिन तीन प्रभावशाली नेता पक्राउ परेपछि विप्लवलाई ठुलो धक्का

    एकैदिन तीन प्रभावशाली नेता पक्राउ परेपछि विप्लवलाई ठुलो धक्का

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.1K
    SHARES

    फाइल तस्वीर

    कन्चनपुर । सरकारद्वारा प्रतिवन्धित नेकपा  विप्लव समूहलाई एकैदिन तीन जना प्रभावशाली नेता पक्राउ परेपछि ठुलो धक्का लागेको छ।

    पूर्वमा २ नेता पक्राउ परेकै दिन नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।



    भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।



    बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सँलग्न रहेको आरोप छ ।

    बिहीबार दिउँसोमात्रै विप्लव समूहको पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार पक्राउ गरेको थियो ।

    सप्तरी सुरुङ्गा नगरपालिकाका ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार