Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छुरा प्रहारबाट धापासीमा २४ वर्षीय युवककाे हत्या

    छुरा प्रहारबाट धापासीमा २४ वर्षीय युवककाे हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 4K
    SHARES

    काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

    काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।



    प्रहरीका अनुसार धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले शुक्रबार एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।



    उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार