Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट वृद्धको मृत्यु

    कोरोना संक्रमणबाट वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.7K
    SHARES

    दमक । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ ।

    धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो ।



    गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।



    मृतक मुटुरोगी थिए । गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार