Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ईश्वर पोखरेलले भने-पूर्वसमूहको समीकरणले नेकपामा विभाजनको खतरा बढ्याे

    ईश्वर पोखरेलले भने-पूर्वसमूहको समीकरणले नेकपामा विभाजनको खतरा बढ्याे

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वसमूहको समीकरण बनाएको आरोप लगाएका छन् ।

    नेकपाको राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेका पोखरेलले ट्विटमार्फत् नेकपाको समस्या नै पूर्वसमूहको समीकरण बनाउनु रहेको बताएका हुन् । ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनको ट्विटमा उल्लेख छ ।



    प्रम ओलीले पार्टी फुटाउने प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको खबर बाहिरिएसँगै उनको यो ट्विट आएको हो ।



    उनले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् । पछिल्लो समय ओली समूहबाट सामाजिक सञ्जालमा गतिविधि बढाउँदै गएको पाइएको छ । आइतबार मात्रै ओली निकटका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता संकटमा परेको भन्दै ट्विट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार