Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरोनाका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

    कोरोनाका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार निधन भएको छ । महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनी ५९ वर्षकी थिइन् ।

    रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।



    १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत सीता महराको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    महराको नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पनि देखिएको थियो । सीता १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको बताइएको छ । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

    महरापत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन्–‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार