Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमित ८३ लाख नाघे

    भारतमा कोरोना संक्रमित ८३ लाख नाघे

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९६२ रहेको छ । मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाएको छ ।



    भारतमा हालसम्म कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ३१५ जनाको मृत्यु भएको छ जसमा पछिल्लो २४ घण्टामा थप ७०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।



    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार