Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिले मन्त्री पुनलाई शितलनिवास बोलाउँदा राजनीतिमा तरंग पैदा

    राष्ट्रपतिले मन्त्री पुनलाई शितलनिवास बोलाउँदा राजनीतिमा तरंग पैदा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता तथा मन्त्री वर्षमान पुनलाई शीतलनिवास बोलाएकी छन्।

    पुनलाई किन बोलाइएको स्पष्ट नभएपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच बढिरहेको द्वन्द्वको विषयमा छलफल गर्नकै लागि उनलाई बोलाइएको अनुमान गरिएको छ ।



    पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपतिले सक्रियता बढाएकी छिन् ।



    विहिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक नभएपछि दाहालले आज सचिवालय बैठक बोलाएका छन् । तर, प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै उपस्थित नहुने बताइएको छ ।

    यसरी विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले पूर्वमाओवादी नेता पुनलाई आज (शुक्रबार) शीतलनिवास बोलाउँदा राजनीतिक तरंग पैदा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार