Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरोनाका कारण रुपन्देहीमा थप एकको मृत्यु

    कोरोनाका कारण रुपन्देहीमा थप एकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.1K
    SHARES

    बुटवल । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएकाे छ। बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको मृत्यु भएकाे हाे।

    बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा ती महिलाकाे मृत्यु भएको हो ।



    कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।



    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८२ र लुम्बिनी प्रदेशमा १९६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार