Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बेपत्ता किशोरको ३ दिनपछि शव भेटियो

    बेपत्ता किशोरको ३ दिनपछि शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 4.8K
    SHARES

    सांकेतिक तस्विर

    बेनी । म्याग्दी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको हो ।

    पोखरास्थित कालीका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट बिकको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले बताए ।



    १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।



    जनपथ प्रहरी र स्थानीयले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो । गृह मन्त्रालयसँग समन्वय गरी मगाइएको गोटाखोर टोलीले नदीको दहमा डुबेको अवस्थामा शव फेला पारेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार