Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जम्मू-कश्मीरस्थित सीमामा भएको भीडन्तमा १६ जनाको  मृत्यु

    जम्मू-कश्मीरस्थित सीमामा भएको भीडन्तमा १६ जनाको  मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । जम्मू-कश्मीरस्थित  सीमामा शुक्रबार भएको झडपमा १६ जनाको  मृत्यु भएको छ । भीडन्तमा परी तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेका छन् ।

    भारतिय संचारमाध्यमका अनुसार दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएका छन् । दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।



    पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ ।



    आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् ।

    रतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ ।

    पाकिस्तानले कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार