Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मापसे गरेर छोरालाई चक्कु प्रहार, हत्या आरोपमा बाबु पक्राउ

    मापसे गरेर छोरालाई चक्कु प्रहार, हत्या आरोपमा बाबु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 4.2K
    SHARES

    प्रतिकात्मक तस्विर

    बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चक्कु प्रहार गरी छोराको हत्या गर्ने बाबुलाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङ रहेका प्रहरीले जनाएकाे छ ।



    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले दिएकाे जानकारी अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले उनकी श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए ।



    छोरा पदमबहादुरले आमालाई जथाभावी गाली नगर्न  आग्रह गर्दा शेरबहादुरले छाेरालाई चक्कु प्रहार गरेका थिए ।

    बाबुको चक्कु प्रहारबाट १९ वर्षीय पदमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनकाे शनिबार साँझ मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार