Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आगामी चार महिनाभित्र कोरोना खोप तयार भइसक्ने भारतको विश्वास

    आगामी चार महिनाभित्र कोरोना खोप तयार भइसक्ने भारतको विश्वास

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी चार महिना भित्रमा कोरोना खोप तयार हुने विश्वास व्यक्त गरेका छन् ।

    उनले सबै भारतीय नागरिकहरुलाई वैज्ञानिक मूल्यांकन अनुसार विभाजन गरी खोप दिइने बताउदै बिहीबार उक्त समयमा कोरोना खोप तयार हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।



    उनले स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध लड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरु स्वाभाविक हिसाबमा नै प्राथमिकतामा पर्ने बताए । उनले सन् २०२१ सबैका लागि तुलनात्मकरुपमा राम्रो हुने विश्वास व्यक्त गरे ।



    भारतले महामारी नियन्त्रणमा चालेका कदमहरु निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । सही समयमा आवश्यक कदम चाल्न सकिएकाले कोरोनाको असर धेरै देखिन नपाएको उनले बताए ।

    सुरुवातमा मास्क, पीपीई सेटजस्ता आवश्यक स्वास्थ्य उपकरणको अभाव झेल्नुपरे पनि अहिले यी उपकरणहरु निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उनले छोटो समयमा भारतले महामारी नियन्त्रणका लागि महत्वपूर्ण काम गरेको बताए । स्रोत : टाइम्स अफ इन्डिया

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार