Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

    विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल तस्वीर

    बुटवल । प्रहरीले रुपन्देहीको बुटवलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेकपाका पाल्पा जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा जिल्लाका सदस्य मिनबहादुर आले रहेका ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले बताए ।



    डिएसपी राठौरका अनुसार उनीहरूलाई प्रहरीले बिहीबार बिहीबार बिहान पक्राउ गरेकाे हाे ।



    उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार