Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमण बढेपछि भरतका विभिन्न ठाउँमा फेरि कर्फ्यु

    कोरोना संक्रमण बढेपछि भरतका विभिन्न ठाउँमा फेरि कर्फ्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमण थप बढ्न थालेसँगै भारतका विभिन्न ठाउँमा फेरि कर्फ्यू लगाइएको छ ।मध्यप्रदेशमा कोरोनाको दोस्रो लहरको खतरा बढेसँगै सरकारले विभिन्न स्थानमा कर्फ्यू लगाएको हो ।

    कोरोनालाई लिएर भएको समीक्षा बैठकमा मुख्यमन्त्री शिवराज सिंह चौहानले उक्त निर्णय लिएका हुन् । कोरोनाका नयाँ केसहरु बढेसँगै पाँच सहरमा नाइट कर्फ्यू लगाउने निर्णय भएको हो ।



    इन्दौर, भोपाल, ग्वालियर, रतलाम र विदिशामा शनिबार ९२१ नोभेम्बरदेखि० राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू लाग्ने भएको छ ।



    राज्यमा ८ कक्षासम्म विद्यालयहरु ३१ डिसेम्बरसम्म बन्द रहने समेत निर्णय भएको छ । ९ देखि १२ सम्मका विद्यार्थी विभागले जारी गरेको निर्देशअनुसार विद्यालय कलेज जान पाउने छन् ।

    विहीबार राजधानी भोपालमा कोरोनाका ४२५ र इन्दोरमा ३१३ नयाँ संक्रमित थपिएसँगै कोरोनाको तेस्रो लहर आएपछि मुख्यमन्त्रीले कोरोनाको बैठक बोलाएका थिए ।

    जुन सहरमा ५ प्रतिशतभन्दा बढी पोजिटिभिटी रेट छ त्यहाँ राति १० देखि बिहान ६ बजेसम्म कर्फर्यू लाग्नेछ ।

    त्यस्तै गुजरात राज्यमा पनि राजकोट, सुरत र भाडोदारामा राति ९ देखि बिहान ६ बजेसम्म शनिबारदेखि नै कर्फ्यू लाग्ने भएको छ । त्यस्तै अहमदाबादमा शुक्रबारदेखि नै चार दिनका लागि राति ९ देखि ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार