Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा थप ४५ हजार जनामा संक्रमण

    भारतमा थप ४५ हजार जनामा संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ ।

    पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।



    थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ ।



    संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार