Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विप्लव समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ

    विप्लव समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.9K
    SHARES

    फाइल तस्वीर

    मोरङ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई मोरङको उर्लाबारीबाट प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

    ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।



    पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको एसपी खड्काले जानकारी दिए ।



    खड्काका अनुसार विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो ।

    पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको बताइएको छ । उनीविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार