Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विप्लव समूहप्रति आक्रमक बन्दै सरकार, चन्दा असुल्ने ३ जना नुवाकाेटबाट पक्राउ

    विप्लव समूहप्रति आक्रमक बन्दै सरकार, चन्दा असुल्ने ३ जना नुवाकाेटबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकाेटले नेत्रविक्रम चन्द विप्लव समूहका तीन जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका-२ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका-३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय विनोद ढुंगाना रहेका प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार विदुर नगरपालिका-४ बट्टार बजारमा शंकास्पद गतिविधि गरेर हिँड्डुल गरिरहेको अवस्थामा रामकुमार अधिकारी नियन्त्रण लिएर सोधपुछ र खानतलासी गर्दा चन्दा रसिद, पार्टीको पर्चा र अन्य कागजातसमेत बरामद भएको हाे।



    पर्चा पम्प्लेट वितरण गरी गाउँमै लुकिछिपी बसेको अवस्थामा ढुंगानाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए ।

    उनीहरुलाई प्रहरीले आइतबार राति १ बजे विशेष टोली परिचालन गरी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार