Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

    भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ ।

    भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो ।



    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए ।

    उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।” प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार