Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लकडाउनपछि बन्द हलेसी मन्दिर खुला

    लकडाउनपछि बन्द हलेसी मन्दिर खुला

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 3.2K
    SHARES

    खोटाङ । लकडाउनसँगै दर्शनार्थीका लागि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएको छ ।

    हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईका अनुसार ९ महिनादेखि बन्द मन्दिर  खुला गरिएको हो ।



    कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।



    स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी तीर्थालुका लागि मन्दिर प्रवेश खुला गरिएको वताइएको छ ।

    मन्दिर दर्शन गर्न एक पटकमा मूल गेटबाट १० जनालाई मात्र प्रवेश गराइनेछ । हलेसी महादेवस्थान विकास समितिले भने नगरपालिकाले हस्तक्षेप गरेर मन्दिर खुला गरेको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार