Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यसरी हात पारिन नम्रता श्रेष्ठले ‘मिस नेपाल वर्ल्ड’को उपाधि

    यसरी हात पारिन नम्रता श्रेष्ठले ‘मिस नेपाल वर्ल्ड’को उपाधि

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा नम्रता श्रेष्ठले २०२० को उपाधि जितेकी छन् ।

    नम्रताले २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।



    नेपाली महिलाको जीवनमा कसरीपरिवर्तनकारी तरंग फैलाउन सक्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा नम्रताले नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको र त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन् ।



    नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।

    त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएकोमा १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि मनोनयन भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार