Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् ।

    ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । यस्तै, फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् ।



    मिस नेपाल नर्थ अमेरिका(२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।



    ग्रान्ड फिनालेमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेतको उपस्थित रहेको थियो । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए ।

    नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए । बिजेता गरिमाले केही गीतहरुमा स्वर भर्ने संगै मोडलिङ्ग समेत गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार