Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध: श्रृङ्खला खतिवडा

    नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध: श्रृङ्खला खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणमा आफ्नो मुख खोलेकी छन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’



    मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने खतिवडाले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।



    यस्तै, खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार