Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मिस नेपाल २०२२ को उपाधि प्रियन्का रानी जोशीलाई

    मिस नेपाल २०२२ को उपाधि प्रियन्का रानी जोशीलाई

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मिस नेपाल–२०२२ को ताज प्रियन्का रानी जोशी पहिरिएकी छिन् । द हिडन ट्रेजरले ललितपुरको गोदावरीमा आयोजना गरेको प्रतियोगितामा २४ जनालाई उछिन्दै जोशीले ताज पहिरिएकी हुन् ।

    ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन् । त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।



    यो पटकको प्रतिस्पर्धामा ६ जना डाक्टर पनि प्रतियोगीका रुपमा रहेका थिए । जसमा प्रतिस्पर्धी नम्बर ३ डा. दिलाशा डोटेल, नम्बर ५ डा.आयुष्नोभा ढुंगाना, नम्बर ७ डा।मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ डा. सरीषा श्रेष्ठ, नम्बर १८ डा. यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा. गंगा गुरुङ रहेका थिए ।



    त्यस्तैगरी प्रतियोगिमा आकृति शाह, आस्रुती सुवेदी, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटी प्रतिस्पर्धीका रुपमा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार