Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

    बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 1.8K
    SHARES

    बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक महिला कोरोना संक्रिमतको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।



    ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार