Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी छ : आईजीपी क्षेत्री

    अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी छ : आईजीपी क्षेत्री

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।

    मित्रराष्ट्र चीनमा शुरु भएको अन्तरदेशीय अपराध नियन्त्रणका सम्बन्धमा आन्तरिक मामिलामन्त्री र सुरक्षा अधिकारीबीच भएको बैठकलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापाले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न पनि सहकार्य जरुरी हुने धारणा व्यक्त गरे ।



    विद्युतीय अपराध, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, सीमा, मानव बेचबिखन, आर्थिक, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।



    अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानूनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

    बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिले सुरक्षा साझेदारी र सहयोगका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार