Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गैंडाको खाग विक्री गर्ने एक युवतीसहित पाँच जना पक्राउ

    गैंडाको खाग विक्री गर्ने एक युवतीसहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले संरक्षित वन्य जन्तु गैंडाको खाग सहित एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

    खागको अवैध रुपमा कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले विहिबार काठमाडौं–१५ स्वयम्भु किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    महाशाखाको टोलीले गैंडाको खाग भनि बिक्रि वितरण गर्न कोठामा राखिरहेको अवस्थामा गैंडाको खाग जस्तो वस्तु समेत बरामद गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।



    पक्राउ पर्नेहरुमा तीन जना काठमाडौंका हुन् भने दुई जना नुवाकोटका हुन् । काठमाडौं महानगरपालिका–२३ झोंछेका ४१ वर्षिय रिकेश शाक्य, ३५ वर्षिय सुरेश शाक्य र ३९ वर्षिय अनिल श्रेष्ठ तथा मेघाङ गाउँपालिका–६ नुवाकोटका २२ वर्षिय मुना तामाङ र २६ वर्षिय रामसिंह तामाङ रहेका छन् ।

    पक्राउ परेका तीनै जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको एसएसपी थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार