Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बुटवलबाट गैंडाको खागसहित ३ जना पक्राउ

    बुटवलबाट गैंडाको खागसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    रुपन्देही । प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।



    प्रहरीका अनुसार वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजमा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।



    उनीहरुको साथबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने बस्तु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार