Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुकेधाराबाट नौ सय ग्राम गैंडाको खागसहित दुई जना पक्राउ

    सुकेधाराबाट नौ सय ग्राम गैंडाको खागसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार)सहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३४ बर्षीया फुलमाया बि.क र काठमाण्डौं जिल्ला तार्केश्वर नगरपालिका-०६, धर्मस्थली बस्ने बर्ष २८ बर्षीय सुसन सुनार रहेका छन्।



    उनीहरुलाई काठमाडौँको सुकेधाराबाट विशेष सूचनाको आधारमा संरक्षित वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरिएको सीआईबीले जनाएको छ।



    उनीहरुको साथबाट प्रहरीले ९ सय ग्राम गैंडाको खागजस्तो बस्तु समेत बरामद गरेको छ।

    पक्राउ परेकाहरुलाई वरामद सामानसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार