Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गैँडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

    गैँडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक जिल्लाका बिरमान तमाङ्, बेद बहादुर दनुवार, नवराज गिरी, भिम तमाङ, सोहन कार्की र सिन्धुली जिल्लाका भिम बहुर थिङ रहेका छन्।



    महाशाखाका अनुसार संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा  खटिएको प्रहरी टोलीले उनीहरुलाई बौद्दबाट पक्राउ गरिएको हो।



    उनीहरुको साथबाट (तौल-१ किलो १० ग्राम )को गैँडाको खाग जस्तो देखिने बस्तु समेत बरामद गरिएको महाशाखाले जनाएको छ।

    पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार