Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गैंडाको खागसहित सोलुखुम्बुका तिलक र बाग्लुङका दीपक महाशाखाको फन्दामा

    गैंडाको खागसहित सोलुखुम्बुका तिलक र बाग्लुङका दीपक महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामे रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको जनाएको छ।



    अवैध रूपमा ओसारपसार गरी ल्याएको दुर्लभ वन्यजन्तु गैंडाको खागको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई महाशाखाको टोलीले काठमाडौंको गैरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार