Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७ हजार ३४१ कोरोना संक्रमित होम आइसोलेसनमा

    ७ हजार ३४१ कोरोना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । शुक्रबार देशभर हाल ७ हजार ३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएकाे छ ।



    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार १ सय ९५ जना संक्रमित होम आइसोलेसनमा छन्।



    प्रदेश १ मा ८ सय ९५, प्रदेश २ मा १ सय ४४, गण्डकी प्रदेशमा २ सय ११, लुम्बिनी प्रदेशमा १ हजार १४, कर्णालीमा ८४ र सुदूरपश्चिममा ७ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार