Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ३ हजार २२ जना काेराेना संक्रमित होम आइसोलेसनमा

    ३ हजार २२ जना काेराेना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । देशभर हाल ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४४५ कुल सक्रिय संक्रमितमध्ये ३ हजार २२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    बाँकी ३ हजार ४२३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार २२५ जना संक्रमित होम आइसोलेसनमा छन्।



    प्रदेश १ मा ११६, प्रदेश २ मा १८, गण्डकी प्रदेशमा ४६७, लुम्बिनी प्रदेशमा ६८७, कर्णालीमा १०३ र सुदूरपश्चिममा ४०६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
    यसअघि आइतबार ३ हजार ७७ जना संक्रमित होम आइसोलेसनमा थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार