Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७ हजार ३४० कोरोना संक्रमित होम आइसोलेसनमा

    ७ हजार ३४० कोरोना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । देशभर ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    १० हजार ९ सय ५५ कुल सक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।



    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार ७ सय ८२ जना संक्रमित होम आइसोलेसनमा छन्।



    प्रदेश १ मा ५ सय ७०, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा १ हजार १ सय ९, लुम्बिनी प्रदेशमा ९ सय ४४, कर्णालीमा १ सय २१ र सुदूरपश्चिममा ७ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या आइतबार ६ हजार २ सय ३२ जना थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार